२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदाताबाट स्वास्थ्य मन्त्रालयअन्तर्गत खर्च भएको ९ अर्ब ७५ करोडको हिसाबकिताब महालेखाले भेटाएन

दाताबाट स्वास्थ्य मन्त्रालयअन्तर्गत खर्च भएको ९ अर्ब ७५ करोडको हिसाबकिताब महालेखाले भेटाएन


काठमाडौं—महालेखा परीक्षकको कार्यलयले स्वास्थ्य मन्त्रालयअन्तर्गत वैदेशिक सहयोगमार्फत आएको ९ अर्ब ५७ करोड ५३ लाख ६३ हजार रुपैयाँको बेरुजु भेटाएको छ । महालेखाले सार्वजनिक गरेको ५७ औं प्रतिवेदनमा बजेट वक्तव्यमा ०७५/०७६ मा पाँच दाताबाट ३३ कार्यक्रमका लागि ७ अर्ब ४४ करोड ८९ लाख सहायता प्राप्त हुने उल्लेख गरेको तर प्राविधिक सहायताअन्तर्गत भएको खर्चको विवरण पेश नभएको उल्लेख छ ।

यस्तै, जर्मन सरकार सहयोगअन्तर्गत सोझै भुक्तानी अनुदानमार्फत १ अर्ब बजेट व्यवस्था भएकोमा ९ करोड ९२ लाख ६३ हजार खर्च भएको भनिएको तर लेखा स्रेस्तामा पेश नभएको उल्लेख छ ।

महालेखाले राष्ट्रिय क्षयरोग केन्द्र, इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको कार्यक्रम आफैले नगरी ९३ करोड ३७ लाख रुपैयाँ सरकारी संयन्त्र बाहिर लगेर सेभ द चिल्ड्रेनमार्फत खर्च भएको उल्लेख छ । उक्त खर्चको लेखा परीक्षण पेश नभएको उल्लेख छ ।

त्यस्तै, स्वास्थ्य सेवा विभागले सहायतामार्फत प्राप्त १ अर्ब ९ करोड ३५ लाखको पनि लेखा परीक्षण नगराएको पाइएको छ । महालेखाले ऐनको व्यवस्थाअनुसार सबै प्रकारका आय व्ययको लेखापरीक्षण गर्नुपर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ