२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ११ जनाको दरखास्त, ५ पूरानै अनुहार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ११ जनाको दरखास्त, ५ पूरानै अनुहार


काठमाडौं–चिकित्सा शिक्षा सुधारका लागि महत्वपूर्ण मानिएको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ११ जनाको आवेदन गरेको छ । बिहीबार दरखास्त बुझाउने अन्तिम दिन ११ जनाले मात्रै दरखास्त बुझाएको शिक्षा मन्त्रालय निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतकाअनुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त बुझाउनेहरुमा प्रा.डा. पारस पोखरेल, प्रा.डा. प्रमोदकुमार सर्राफ, प्रा.डा. तरुण पोखरेल, प्रा.डा यहुनचन्द्र शिवाकोटी, प्रा.डा. जेएन पाण्डे हिमाली, प्रा.डा रमेशचन्द्र सिंह, प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भुकुमार पहारी, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. श्रीकृष्ण गिरी र प्रा. डा. निलमणि उपाध्याय रहेका छन् ।

यसअघि गत असार ९ मा आयोगले पहिलो पटक उपाध्यक्षका लागि आवेदन माग गरेको थियो । त्यतिबेला ६ जना बरिष्ठ चिकित्सकहरु दरखास्त हालेका थिए । जसमध्ये प्रा.डा. सर्राफ, प्रा.डा. गिरी, प्रा.डा. पारस पोखरेल, प्रा.डा. सिंह र प्रा. डा. उपाध्यायले दोहो¥याएर दरखास्त दिएका छन् । त्यतिबेला दरखासत हालेका प्रा.डा. निलाम्बर झाले भने यसपटक दरखास्त हालेनन् । यसपटक र अघिल्लो पटक पनि आवेदन दिएका डा. निलमणि उपाध्याय विवादित छवि भएका ब्यक्ति हुन् ।

दरखास्त दिएकामध्ये प्रा.डा. तरुण पोखरेल, प्रा.डा. यहुनचन्द्र शिवाकोटी, प्रा.डा. जेएन पाण्डे हिमाली, प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भुकुमार पहारी, प्रा.डा. राजेन्द्रप्रसाद साहले यसअघि असारमा ९ मा आव्हान गरिएको दरखास्तका बेला दरखास्त दिएका थिएनन् ।

यसअघिको दरखास्त चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट समितिले योग्य ब्यक्तिको उम्मेदवारी नपरेको भन्दैं रद्ध गरेर गत असार ३१ गते उपाध्यक्षका लागि सिफारिस समितिले पुनः दरखास्त आव्हान गरेको थियो । नयाँ दरखास्त परेपछि ६ जना नयाँ प्रा.डा.हरुले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका छन्।

पहिलो पटक आयोगको कार्यकारी भूमिकामा रहने उपाध्यक्षका लागि दरखास्त आव्हान गर्दा उपाध्यक्ष सिफारिस समितिले ६० वर्षको उमेरसीमा तोकेको थियो । दोस्रो पटक आव्हान गर्दा भने त्यो बढाएर ६५ वर्ष पु¥याइएको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ