२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना विशेष अस्पताल बुटवललाई ‘सिस्टर रोबर्ट’, संक्रमितलाई औषधि पुर्‍याउन प्रयोग गरिने

कोरोना विशेष अस्पताल बुटवललाई ‘सिस्टर रोबर्ट’, संक्रमितलाई औषधि पुर्‍याउन प्रयोग गरिने


बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पताल धागो कारखानाका लागि ‘रोबर्ट’ प्रदान गरिएको छ । अस्पतालमा रहेका कोभिड—१९ का बिरामीहरुलाई औषधि तथा अन्य आवश्यक सामाग्री प्रदान गर्ने प्रयोजनका लागि भन्दै रोबर्ट प्रदान गरिएको हो ।

कोरोना विशेष अस्पतालमा रहेका संक्रमितहरुलाई आवश्यकताअनुसार औषधि पु¥याउन सो रोबर्ट बुधबार अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापालाई हस्तान्तरण गरिएको छ । युएनडिपीले उपलव्ध गराएको रोबर्टका माध्यमबाट कोभिड—१९ का बिरामीहरुलाई औषधि प्रदान गर्न सकिनेछ ।

नर्सको काम रोबर्टले गर्न सक्ने दावीसहित सो रोवर्टको नाम ‘सिस्टर रोबर्ट’ दिइएको छ । रोबोट रोबिक एसोसिएसन नेपालले २ लाख लागतमा तयार गरेको हो ।
युएनडिपीका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपी खनालले रोबर्ट अस्पताललाई हस्तान्तरण गर्दै जोखिम कम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । संक्रमितसँंग हेलमेल भइराख्नुपर्ने नर्सको सुविधाका लागि मात्र नभएर उनीहरुलाई संक्रमणबाट जोगाउन रोबर्ट उपलब्ध गराएको युएनडिपीका प्रदेश संयोजक अर्यालले बताए ।

रोबर्ट रिमोट कन्ट्रोलबाट चल्छ । रोबर्टले औषधि, खानेकुरा, लुगा बिरामीसम्म पु¥याउन सक्छ । रोबर्टमा भिडियोबाट ५ सय मिटर परसम्मको भिडियो लिन सकिन्छ । भिडियो क्यामेराका माध्यमबाट बिरामीसँग लाइभ हेर्न सकिने एसोसिएसनका अध्यक्ष विकास गुरुङले बताए । रोबर्टमा ट्याब्लेट प्रयोग गरिएकाले नर्स र बिरामीबीच कुरा गर्न सकिने उनले बताए ।

युएनडिपीले काठमाडौंको टेकु अस्पतालमा पनि ‘सिष्टर रोबर्ट’ उपलब्ध गराएको छ । कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले ‘सिष्टर रोबर्ट’ले नर्सहरुलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन सहयोग पुग्ने बताए । केही व्यवस्थापनका काम गरेर रोबर्ट प्रयोगमा ल्याउने उनले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ