२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा संक्रमण दर बढ्दै, परीक्षण भएका नमुनामध्ये ५ प्रतिशतमा संक्रमण

नेपालमा संक्रमण दर बढ्दै, परीक्षण भएका नमुनामध्ये ५ प्रतिशतमा संक्रमण


काठमाडौं –  नेपालमा कोभिड–१९ को संक्रमण दर बढ्दै गईरहेको छ । देशैभरि गरिएको परीक्षण मध्ये ५.२ प्रतिशतमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै ४ सय ६४ मा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उपत्यका मा मात्रै पछिल्लो २४ घण्टामा १ सय ६जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोभिड–१९ का संक्रमित मध्ये ७१.१८संक्रमितहरु डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये ६ हजार ३ सय ३० जना आईसोलेसनमा, ६६ जना संक्रमित आईसियूमा र ६ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा जम्मा संक्रमित मध्ये ७५ प्रतिशत २१ देखि ६० उमेर समुहका रेका छन् । त्यस्तै संक्रमित मध्ये २.१ प्रतिशत ६० बर्ष भन्दा माथिका रहेका छन् । नेपालमा ४ प्रतिशत संक्रमण १० बर्ष मुनिका बालबालिका मा रहेका स्वास्थ्य मन्त्रालय ले जनाएको छ ।

नेपालमा रहेका संक्रमित मध्ये ८४ प्रतिशत पुरुषमा र १६ प्रतिशत महिलामा संक्रमण रहेको छ । त्यस्तै, नेपालमा जम्मा संक्रमित मध्ये ०.३ प्रतिशतको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ