२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकपिलवस्तुका व्यापरीहरुमा पनि कोरोना संक्रमण

कपिलवस्तुका व्यापरीहरुमा पनि कोरोना संक्रमण


बुटवल – कपिलवस्तुको सदरमुकाम तौलिहवामा पान पसलका व्यापारी देखि जुत्ता पसल गर्नेसम्मलाई कोरोना संक्रमण देखिएको छ । समुदायमा गरिएको नमूना पिसिआर परीक्षणमा तौलिहवामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसले समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको संकेत गरेको छ ।

आइतबार थपिएकाहरु सामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । आइतबार आएको पिसिआर रिपोर्टमा तौलिहवाका १६ र कृष्णनगर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । सदरमुकाम तौलिहवा बजार क्षेत्रमा संकललित २ सय २६ नमूना मध्ये १ सय १७ जना मध्ये ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । ९८ नमूना परीक्षण कै क्रममा छन् ।

आइतबार थपिएका १७ जनासँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ । समाजिक मन्त्रालयले प्रदेशका कोरोना जोखिम ६ वटा जिल्लामा समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन स्याम्पलिङ्ग टेष्ट गरिरहेको छ । मन्त्रालयले धेरै जनसम्पर्क हुने विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुबाट नमूनाको रुपमा स्वाव परीक्षण गरिहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ