२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश६ स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि जिल्ला अस्पताल बन्द

६ स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि जिल्ला अस्पताल बन्द


बुटवल—स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पतालका अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । आइतबार मात्रै अस्पतालका नर्सिङ कर्मचारी, ल्याबका कर्मचारी, एक्सरे र ओपिडीमा काम गर्ने कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण देखिएपछि सेवाहरु बन्द गर्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जनाकारी दिए ।

अस्पताल व्यवस्थापन र आन्तरिक बैठकबाट संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्मका लागि सेवाहरु बन्द गरिएको उनले बताए । अस्पतालमा इमर्जेन्सी सेवा भने संचालन हुनेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ