२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमा ८४ प्रतिशत संक्रमित निको भए

सुदूरपश्चिम प्रदेशमा ८४ प्रतिशत संक्रमित निको भए

परीक्षण गरिएकामध्ये ९ प्रतिशतमा संक्रमण पुष्टि


काठमाडौं—सुदूरपश्चिम प्रदेशमा ८४ प्रतिशत कोभिड–१९ संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार बिहिबार मात्रै थप ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिहिबार डोटीबाट ४१ र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

योसँगै प्रदेशमा पाँच हजार ४२ संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीकाअनुसार नौ वटै जिल्लाका पाँच हजार ४२ जनाले कोरोना जितेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ४१ जना निको भएर घर फर्किएका छन् । यस्तै, डोटीका ८ सय ६१, अछामका ८ सय १३, कञ्चनपुरका ६ सय ३५ जना संक्रमित निको भएर घर फर्किएको दाबी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका ४ सय ४२ जना, बैतडीका ३ सय २५, डडेल्धुराका २ सय ९९, बझाङका २ सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म बिभिन्न अस्पतालको आइसोलेसनबाट १ हजार ७७ जना डिस्चार्ज भएका छन् । सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार एक सय २७ पुगेको छ ।

९ सय १९ सक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा ९ सय १९ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा ४ सय ४२ , बझाङ १ सय ३३ , अछाममा १ सय ८ , डोटीमा ९०, बैतडीमा ५५, कंचनपुरमा ५५, डडेल्धुरामा २०, बाजुरा ८ र दार्चुलामा ८ जना सक्रिय संक्रमित रहेका छन् ।

९४ जनाको आइसोलेसनमा उपचार हुँदै

सुदूरपश्चिम प्रदेशमा लक्षण हित कोरोना संक्रमित बढेसँगै अस्पताल भर्नाको संख्यामा समेत वृद्धि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारसम्म लक्षण भएका ९४ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचारका लागि भर्ना भएका छन् ।

सबैभन्दा धेरै कैलालीको टीकापुर अस्पतालको आइसोलेसनमा ३० जना, सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा २९ जनालाई राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै कञ्चनपुरको महाकाली अस्पताल आइसोलेसनमा १९ जना, जिल्ला अस्पताल अछाममा १० जना, डडेल्धुरा अस्पतालमा २ जना, जिल्ला अस्पताल डोटीमा २ जना र जिल्ला अस्पताल दार्चुलामा १ जना रहेका छन् ।

यसैगरी १४ जना कोरोना आशंकामा भर्ना भएका बिरामी रहेका छन् । बयलपाटा अस्पताल अछाममा ६ जना, गोकुलेश्वर अस्पतालमा २ जना, जिल्ला अस्पताल डोटीमा ३ जना र १ जना शंकास्पद बिरामी भर्ना भएका छन् ।

त्यस्तै, डडेल्धुरा अस्पताल, जोगबुढा अस्पताल र सुप प्रहरी अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा १ सय ३९ संक्रमित होम आइसोलेसनमा रहेका छन् । निर्देशनालयकाअनुसार कैलालीमा १ सय ९, अछाममा १५, डडेल्धुरा ११ र कंचनपुरमा ४ जना होम आइसोलेसनमा रहेका छन् ।

परीक्षण गरिएका नमुनामध्ये ९ प्रतिशतमा संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा परीक्षण गरिएका नमुनामध्ये ९.२३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६४ हजार ६ सय २५ नमुना परीक्षण गर्दा ५ हजार ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेशमा रहेका ३ वटा कोभिड–१९ परीक्षण गर्ने प्रयोगशाला रहेका छन् । सेती अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालमा गरी ४८ हजार १ सय २३ को परीक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा संकलित नमुनामध्ये १ हजार ३ सय ७१ को नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहिबारसम्म सेती प्रादेशिक अस्पतालमा १ हजार ३२, डडेल्धुरा अस्पतालमा १ सय ३९ र डोटी अस्पतालबाट २ सय संकलित नमुनाको नतिजा आउन बाँकी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ