२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवेदकोट नगरपालिकाका सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन

वेदकोट नगरपालिकाका सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन


कञ्चनपुर—कञ्चनपुरको वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिने भएको छ । मंगलबारबाट नगरपालिकाले नगरका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा पहिलो पटक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्न सुरु गरेको हो ।

वेदकोटका सबै सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने नेपालकै पहिलो नगरपालिका बन्ने नगर प्रमुख अशोककुमार चन्दले बताए । उनका अनुसार नगरपपालिकाका २४ सामुदायिक विद्यालय र नौं स्वास्थ्य संस्थामा उक्त मेसिन जडान गरिन लागेको हो ।

पहिलो दिन वेदकोटस्थित भुवनेश्वरी माध्यमिक विद्यालय, नवदुर्गा आधारभुत विद्यालय, उदयदेव र घाटल माध्यमिक विद्यायलमा जडान गरिएको छ । छात्राहरुलाई महिनावारी भएको बेलामा विद्यालय छोड्नुपर्ने बाध्यता अन्त्यका लागि उक्त मेसिन वडा कार्यालयले जडान गरिदिएको नगर प्रमुख चन्दको भनाइ छ ।

स्यानिटरी प्याड भेन्डिङ मेसिन जडानपछि विद्यालयलाई मास्टर कार्ड दिइएको छ । उक्त कार्ड मसिन भित्र हालेपछि स्यानिटरी प्याड बाहिर निस्कने व्यवस्था गरिएको छ । प्याडका लागि मास्र्टर कार्डमा रिचार्ज गर्नु पर्नेछ । मेसिन जडान भएपछि छात्राहरु खुशी भएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ