२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्साको पोखरियामा निःशुल्क आँखा शिविर सञ्चालन, १ सय ९१ जनामा मोतिविन्दुको समस्या देखियो

पर्साको पोखरियामा निःशुल्क आँखा शिविर सञ्चालन, १ सय ९१ जनामा मोतिविन्दुको समस्या देखियो


जनकपुर–पर्साको पोखरिया नगरपालिकाको वडा नं १ बनकटवामा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बनकटवा युवा उत्थान समितिको आयोजनामा उक्त आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ३ सय २६ जनाको आँखा परीक्षण गराएक छन् । आँखा परीक्षण परिक्षण गरिएका मध्ये १ सय ९१ जनामा मोतिबिन्दुको समस्या देखिएको माट्रिका आई फाउण्डेशनका संयोजक महेश सिंह धामीले बताए । आँखा परीक्षण गरिएका ३ सय २६ मध्ये २७ जन शारिरीक रुपमा फरक क्षमता भएका ब्यक्तिहरु रहेको उनले बताए ।

परीक्षण आइतवार पनि निरन्तर हुने आयोजक संस्थाका कार्यक्रम संयोजक प्रदीप कुर्मीले बताए । उत्थान समितिका अध्यक्ष हृदयनारायण पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार, प्रतिनिधी सभाका सदस्य प्रदुम्न चौहान, जसपाका नेता नेजामुदिन समानी, वडा नं १ अध्यक्ष बंकाप्रसाद कुर्मी डा. जगतनारायण गिरीले पहिलो बिरामीलाई प्रेसक्रिप्सन पूर्जा हस्तान्तरण गरेर शिविरको शुभारम्भ गरिएको थियो ।

समितिका सचिव बैजनाथ ठाकुर उपाध्यक्ष कविता कुर्मी लगायतको नेतृत्वमा स्थानीय युवाहरुले शिविरको ब्यवस्थापन गरेका थिए । शिविरको आयोजनाले आँखामा समस्या आएका स्थानीय जेष्ठ नागरिकले खुशी ब्यक्त गरेका छन् ।

घर आँगनमै आएर आँखाको चेक गर्ने र निःशुल्क आँखाको अप्रेशन हुने भएपछि जेष्ठ नागरिक खुशी भएका हुन् । शिविर पोखरिया स्थित श्री रामदेव साह कलवार जिल्ला उच्चाङल माध्यामिक विद्यालयमा भएको थियो ।

मोतिबिन्दुको समस्या देखिएका १ सय ९१ जनाको माट्रिका आई फाउण्डेशनले निःशुल्क अप्रेशन गर्ने जनाएको छ । फाउण्डेशनले चस्मा लगायतका अन्य आवश्यक सामाग्री भने सुपथ मूल्यमा उपलब्ध गराउने धामीले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ