२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

सप्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु


धनुषा– विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सप्तरीका एकजना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति बोदेबर्साइन–३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनियाले ग्रसित ती महिलालाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । मृतकलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।
मृतकको शव गृह जिल्लामा नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ