२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअपाङ्गता भएका व्यक्तिको वास्तविक तथ्याङ्क सुनिश्चित गर्न माग

अपाङ्गता भएका व्यक्तिको वास्तविक तथ्याङ्क सुनिश्चित गर्न माग


सुर्खेत – आगामी जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिको वास्तविक गणना गरी तथ्याङ्क सुनिश्चित गर्न राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले सरोकारवालाहरुसँग माग गरेको छ ।

बिहीबार ‘आइ एन एफ’ नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको २९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अबरमा अपाङ्गता भएका व्यक्तिहरूको विस्तृत तथ्याङ्क राज्यले राख्न नसकेको भन्दै राष्ट्रिय जनगणनामा अपाङ्गगता भएका व्यक्तिहरु पनि समावेश हुनु पर्ने उनिहरुको माग छ ।

सरकार र सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिहरुको गणना सुनिश्चित गरी उनीहरुको वास्तविक तथ्याङ्कलाई खण्डिकृत गनुपर्ने राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश कार्य समीतिका कोषाअध्यक्ष सुरेश कुमार खड्कले बताए ।

नेपाल सरकारले १० प्रकारका अपाङ्गतालाई मान्यता दिएको छ । तर सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरुलाई पहुँचयुक्त ढाँचामा सचेतना तथा सूचनामूलक सामाग्रीहरु उपलब्ध भएका छैनन् । उनले भने, ‘सरकारी नितिमा तोकीएका अधिकार उपलब्ध भएनभएको अनुगमन पनि सरकारले गर्नुपर्छ ।’

अपाङ्ग भएका ब्यक्तिहरु अरुको साहारामा हिड्नुपर्छ । अहिले कोरोनाको कारण भौतिक दुरी कायम गर्न भनिन्छ । उनी भन्छन्,  ‘यसले गर्दा अपाङ्गता मन्त्री सेवाको दुरी टाढा भएको महशुस  भएको छ ।’

यस्तै, दृष्टि बिहिन तथा श्रबण शक्ति नभएका ब्यक्तिहरुलाई सहज रुपमा स्वाथ्यको पहुँचमा ल्याई सांकेतिक भाषामा उनिहरुको स्वाथ्य अवस्थाको जानकारी गराईनु पर्ने माग गरिएको छ ।

राष्ट्रिय अपाङ्गग महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले अपाङ्गगतालाई प्रतिष्ठासँग जोडिने भएकाले पनि मनो-सामाजिक अपाङ्गगता लगायत थुप्रै व्यक्ति तथ्यांक आउन नसकेको बताए । समाज विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृष बहादुर शाहीले अपाङ्गता भएका व्यक्तिका लागि विशेष रणनिति बनाएर अगाडि बढाइएको बताए ।

अपाङ्गता भएका व्यक्तिलाई हुर्ने दृष्टिकोण नै फरक भएकाले यसको न्युनिकरण गर्दै जनगणनामा समाबेश  गरी स्वास्थ्यको पहुँचमा समानता ल्याइने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्काले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ