२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन किड्नी सफा गर्ने ७ खानेकुरा

यी हुन किड्नी सफा गर्ने ७ खानेकुरा


एजेन्सी । हाम्रो शरिरको काम नलाग्ने चिज फाल्न किड्नीको भूमिका महत्वपूर्ण हुन्छ । उच्च रक्तचाप र डायबिटिजको रोग हुनेलाई किड्नीसम्बन्धी समस्या हुन्छ, जसका कारण किड्नीले आफ्नो नियमित काम गर्न सक्दैन । बाह्य अंगलाई सफाई गरे जस्तै शरिरका बिभिन्न भित्री अंगलाई पनि सरसफाइको खाँचो हुन्छ । कसरी गर्ने त किड्नीको सफाई ? निश्चय नै तपाईले ब्रुस राखेर किड्नी सफा गर्न सक्नुहुन्न् । तर, केही खानेकुराले किड्नीलाई स्वतः सफा गरिदिन्छन । यी हुन् किड्नीलाई स्वतः सफा गर्ने केही खानेकुराः

१ हरियो पातयुक्त सब्जी
सानोमा तपाईलाई आफ्नो अभिभाबकले हरियो पातयुक्त साब्जी खान यसै कर गरेका होइनन । किनकी यसले स्वास्थ्यलाई धेरै फाईदा गर्छ । हरियो सब्जीमा भिटामिन सी, र भिटामिन के हुन्छ । यसमा प्रचुर मात्रामा फाईबर हुन्छ । हरियो पातयुक्त सब्जीले रक्तचाप नियन्त्रण गर्नुका साथै ब्लड सुगरको मात्रा घटाउने र किड्नीलाई सम्भावित स्ट्रेसबाट जोगाउछ ।

२ बेसार
शरिरमा विभिन्न कारणले सुनिन्छ । किड्नीमा समस्या देखिएमा शरिर सुनिने जोखिम बढी हुन्छ । बेसारमा कुरकुमिन नामक तत्व हुन्छ, जसले शरिरमा हुने जलन तथा उत्तेजना रोक्छ । बेसार किड्नी रोगबिरुद्ध लड्नका लागि पनि सहयोग हुन्छ । रोटी, पुवा, दुध इत्यादिमा बेसार मिलाएर खान सकिन्छ ।

३ स्याउ
भनिन्छ, दिनहुँ एउटा स्याउ खाने व्यक्ति चिकित्सकहाँ जानु पर्दैन । स्याउमा हुने गुणका कारण यो हरेक व्यक्तिलाई उपयोगी मानिन्छ । स्याउमा फाईबरको मात्रा अधिक हुन्छ, जसले शरिरमा अनावश्यक विष शरिरबाट हटाइदिन्छ । किड्नीमा भएका अनावश्यक विकार समेत फालिदिन्छ । स्याउले पाचन प्रणालीलाई पनि सहयोग गर्छ ।

४ लसुन
नियमित लसुनको सेबनले किड्नीलाई सफा गरिदिन्छ । लसुनलाई बिहान खाली पेट वा पकाएको परिकारमा मिसाएर खान सकिन्छ ।

५ जैतुनको तेल
जैतुनको तेलले हाम्रो शरिरमा फाईदै फाईदा गर्छ । तर, यसले किड्नीमा विशेष फाईदा गर्छ । जैतुनको तेलले कोलेस्ट्रेल घटाउनुका साथै किड्नीमा हुने स्टोनबाट उत्पन्न पीडाबाट आराम दिन्छ ।

६ कागती पानी
कागती पानीले किड्नीलाई सफा मात्र गर्दैन, किड्नीमा स्टोन हुनबाट जोगाउछ । कागतीको जुसले शरिरमा सिट्रेसको तह बढाउछ, जसका कारण किड्नीमा स्टोन हुनबाट जोगाउछ । दैनिक एक गिलास कागती पानीले किड्नीलाई स्वस्थ र निरोगी बनाउछ ।

७ अदुवाः
कागतीले जस्तै अदुवाले पनि किड्नी सफा राख्छ । अदुवालाई धुलो, जुस वा खानेकुरामा मिसाएर खान सकिन्छ । किड्नीलाई सम्भावित ड्यामेज हुनबाट जोगाउनको अतिरिक्त अदुवाका उपयोग धेरै छन् । यसले वान्ता आउने, अरुची हुने जस्ता समस्याको समाधान गर्छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ