२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानसिक अस्पतालका निर्देशकले हेर्न थाले नियमित ओपीडीका बिरामी

मानसिक अस्पतालका निर्देशकले हेर्न थाले नियमित ओपीडीका बिरामी


काठमाडौं– मानसिक अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ (लाखे) ले नियमित ओपीडीका बिरामी जाँच्न थालेका छन् । हेल्थ आवाजले केही समय अघि डा. लाखेले पेइङ ओपीडीका बिरामीमात्र हेर्ने गरेको समाचार प्रकाशित गरेसँगै डा. लाखेले आइतबारबाट बिहानको नियमित ओपीडीका बिरामी हेर्न थालेका हुन् ।

डा. लाखेको आइतबार, मंगलबार र बिहिबार ओपीडी समय तोकिएको छ । यद्यपि उनले बिहानका ओपीडीका बिरामी नहेरेर दिउँसोको पेइङ ओपीडीका बिरामीमात्र हेर्दै आएका थिए । तर, आइतबारबाट बिहान ओपीडीका बिरामी हेर्न थालेको अस्पताल स्रोतले जनाएको छ ।

यस विषयमा डाक्टर लाखेसँग बुझ्दा उनले बिहानको ओपीडी हेर्न थालेको स्वीकार गरे । ‘मैले फूर्सद नभएर बिहानको नियमित ओपीडीका बिरामी हेर्न पाएको थिइनँ, मलाई बिहानका बिरामी जाँच्न ठूलो रहर छ,’ उनले भने, ‘अब भने फूर्सद निकालेर भएपनि बिहानका बिरामी नियमित हेर्छु ।’

मानसिक अस्पतालमा दिउँसो ३ बजेबाट सुरु हुने पेइङ ओपीडीका बिरामीले ४ सय रुपैयाँको टिकट लिनुपर्छ भने बिहानको नियमित ओपीडीका लागि भने ४० रुपैयाँ तिरे पुग्छ । पेइङ ओपीडीमा एउटा बिरामी हेरेबापत चिकित्सकले २ सय रुपैयाँ पाउँछन् । यसअघि डा. लाखेले बुधबार एक दिनमात्र पेइङ ओपीडीका बिरामी जाँच्ने गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ