२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिसोमा शरीरलाई न्यानो बनाउन खानुहाेस् यी ‘सुप’

चिसोमा शरीरलाई न्यानो बनाउन खानुहाेस् यी ‘सुप’


यतिबेला नेपालमा मौसम बदलि भएसँगै देशभर चिसो बढिरहेको छ । चिसो सँगै वायु प्रदुषणको मात्रा पनि उच्च रहेकाले सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आमनागरिकलाई अनुरोध गरेको छ । यस्तो अवस्थामा शरीरलाई न्यानो राख्न खानपान पनि उत्तिकै ध्यान दिन जरुरी छ । चिसो मौसममा विशेषगरी झोलिलो पदार्थ र प्रोटिनयुक्त खानेकुराले शरीरलाई न्यानो राख्छ । यहाँ शरीरलाई न्यानो राख्ने सुपको बारेमा चर्चा गरिएको छ ।

बट्टाई सुप

जाडो मौसममा बट्टाइको सुपले शरीरलाई न्यानो राख्न मद्धत गर्दछ । त्यसैले चिसो मौसममा शरीर न्यानो राख्न बट्टाईको सुप खान सकिन्छ । जसका लागि बट्टाइलाई अन्य मासु पकाए जस्तै गरी पकाउन सकिन्छ । त्यसमा नेपाली मसला (जिरा, धनियाँ, गरम मसला) राखेर सुप बनाएर खाँदा यसले शरीरलाई न्यानो राख्छ ।

क्वाँटी सुप

जाडो मौसममा विशेषगरी शाकाहारीका लागि गेडागुडीको सुप अथवा क्वाँटी सुपले शरीरलाई फाइदा गर्छ । गेडागुडीमा प्रोटिनको मात्रा बढी हुने भएकाले यसको सुप धेरै राम्रो मानिन्छ । यसका लागि सुरुमा गेडागुडी भिजाउने, टुसा उम्रिएको गेडागुडीसँगै प्याज, अदुवा, लसुन, नेपाली मसला हालेर सुप बनाएर खान सकिन्छ ।

पाया सुप

खसीको खुट्टाको सुपलाई पाया सुप भनिन्छ । यो पनि जाडो मौसमका लागि निकै लाभदायक मानिन्छ । खसीको खुट्टी र मुङको दाल राखेर भुट्ने, त्यसपछि नेपाली मसला, गरम मसला राखेर कम्तिमा १ घन्टाजति प्रेसर कुकरमा सिठ्ठी लगाएर पकाउनुपर्छ । जसका लागि प्याज, लसुन, गोलभेंडा पनि राख्नुपर्छ । यसरी बनाइएको सुपले शरीरलाई न्यानो राख्न निकै मद्धत गर्छ । साथै, यसमा प्रोटिन हुने भएकाले यसको सेवनले शरीरलाई निकै फाइदा गर्छ ।

मरौटी सुप

गाउँतिर मरौटी भन्ने एकप्रकारको जडिबुटी पाइन्छ । यसको सुपले पनि चिसोमा शरीरलाई न्यानो राख्छ । ज्वानो, लसुन, अदुवा, मरौटीलाई घिउमा भुटेपछि थोरै मैदाको पीठो राखेर भुट्ने र त्यसमा थोरै बेसार राखेर सुप बनाएर खान सकिन्छ । यो सुपले शरीरलाई न्यानो राख्छच ।

प्राउन सुप

प्राउन सुप पनि शरीरका लागि निकै राम्रो मानिन्छ । विशेषगरी चिसो मौसममा यो सुप खाँदा यसले शरीरलाई न्यानो बनाउनुका साथै उर्जा दिन्छ । यसलाई चाइनिज स्टाइलमा बनाउन सकिन्छ । सुरुमा बटर राख्ने त्यसमा लसुन फराउने । त्यसपछि प्राउन भुटेर सल्ट पेपर र स्टक राखेर बनाउने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ