२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी लिमिटेडको महाप्रवन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त

औषधी लिमिटेडको महाप्रवन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त


काठमाडौँ – नेपाल औषधी लिमिटेडको महाप्रवन्धकको पदमा रौतहटका मोहम्मद सफिउल्लाह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रीस्तरको बैठकको निर्णयानुसार उनलाई नियुक्त गरिएको हो ।

महाप्रवन्धक पदमा नियुक्तिका लागि उम्मेदवार छनोट गर्न उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रालयले भदौ ३ गते सूचना प्रकाशित गरेको थियो। मन्त्रालयद्धारा गठित महाप्रबन्धक छनोट तथा सिफारिस समितिले ह्वाङ्दी ८, गुल्मीका अर्जुन अर्याल, राजपुर २, रौतहटका मोहम्मद सफिउल्लाह र महालक्ष्मी ८, ललिपुरका राजकुमार थापा गरी ३ जनालाई महाप्रबन्धकको पदमा सिफारिस गरेको थियो । जसमध्ये सफिउल्लाह नियुक्त भएका हुन्।

यसअघि सो पद रिक्त रहेको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ