२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविवाद देखिएपछि एन्टीजेन किट तत्काल खरिद नगरिने

विवाद देखिएपछि एन्टीजेन किट तत्काल खरिद नगरिने


काठमाडौं—एन्टीजेन खरिद प्रक्रिया सुरु नहुँदैं विवाद देखिन थालेपछि तत्कालका लागि खरिद रोकिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार विवाद सुरु भएपछि खरिद प्रक्रिया तत्कालका लागि रोकिएको हो ।

‘आवश्यक परे पछि खरिद गरिनेछ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अहिले तत्कालका लागि एन्टीजेन खरिद गर्ने प्रक्रिया रोकिएको छ ।’

सरकारले यसअघि ३० करोड मूल्य बराबरको एन्टीजेन खरिद गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयले ३ लाख एन्टीजेन किट खरिदका लागि २४ पुसभित्रै टेन्टर आव्हान गर्ने तयारी समेत अगाडि बढाएको थियो ।

मन्त्रालयले समुदायमा कोरोना भए नभएको पत्ता लगाउन लागि द्रुत एन्टीजेन परीक्षण किटलाई २५ भदौमा स्विकृती दिने निर्णय गरेको थियो ।

तर, यसमा विवाद देखिएपछि मन्त्रालय तत्कालका लागि खरिद प्रक्रियाबाट पछि हटेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ