२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४ जना संक्रमितको मृत्यु, २१६ संक्रमित आइसीयु र भेन्टिलेटरमा

थप ४ जना संक्रमितको मृत्यु, २१६ संक्रमित आइसीयु र भेन्टिलेटरमा


काठमाडौं—नेपालमा ३२ जना गम्भीर कोरोना संक्रमित भेन्टीलेटरमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहिबार देशभरका विभिन्न अस्पतालहरुमा ३२ जना कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा १ जना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर १ सय ८४  जना कोरोना संक्रमतिको विभिन्न अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमती प्रदेशमा ६८ जना, गण्डकी प्रदेशमा ५८  जना कोरोना संक्रमितले आइसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४० जना, १ नं. प्रदेशमा ३ जना, सुदूरपश्चिम प्रदेशमा ६जना, कर्णाली प्रदेशमा ९ जना कोरोना संक्रमितको आइसीयुमा उपचार भइरहेको छ । यस्तै, प्रदेश २ मा भने आइसीयुमा कुनै पनि संक्रमित नरहेको जानकारी छ ।

पछिल्लो २४ घण्टामा जम्मा १ हजार ५ सय ६१  जना संक्रमित होमआइसोलेशनमा रहेका छन्।

थप ४ जना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १ हजार ९ सय ३  जना संक्रमितको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ