२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न २५९ स्थानीय तहलाई मन्त्रालयको पत्र

आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न २५९ स्थानीय तहलाई मन्त्रालयको पत्र


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा निर्माण गर्न लागेको ५/१० र १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयले २१ पुषमा मन्त्रीस्तरीय निर्णय गर्दै २ सय ५९ स्थानीय तहलाई फागुन मसान्तसम्म जग्गाको व्यवस्था गर्न पत्राचार गरेको हो ।

मन्त्रालयले स्तरोन्नती हुने स्वास्थ्य संस्थाका लागि सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयबाट छनोट गरी जिल्ला समन्वय समितिको सिफारिससहित मन्त्रालयमा पठाउन भनेको छ । त्यस्तै, मन्त्रालयले अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिमको जग्गा व्यवस्थापन गर्न पनि पत्राचार गरेको छ ।

सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा भूगोलको जनसंख्याको आधारमा स्थानीय तहमा पाँचदेखि पन्ध्र शैयासम्मको अस्पताल बनाउने उल्लेख गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ