२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड खोप आएको २ दिनभित्र लगाउन सुरु गर्ने गरी काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

कोभिड खोप आएको २ दिनभित्र लगाउन सुरु गर्ने गरी काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले नेपालमा कोभिड खोप आएको २ दिन भित्र लगाउन थाल्ने गरी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार स्वास्थ्य सेवा विभागको अनुगमनको क्रममा मन्त्री त्रिपाठीले सो निर्देशन दिएका हुन् ।

अनुगमनका क्रममा मन्त्री त्रिपाठीले कोभिड खोपका तयारीका बारेमा पछिल्लो जानकारी लिएका थिए । जसमा विभागले चित्त बुझ्दो काम नगरेको र अहिलेसम्म खोपको बारेमा कुनै तयारी नभएको भन्दै त्रिपाठीले छिटोभन्दा छिटो खोप ल्याउनका लागि सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा विभागमा अनुगमन गर्दै मन्त्री त्रिपाठी

यस्तै, मन्त्री त्रिपाठीले कोभिड खोप खाएको २ दिनभित्र स्वास्थ्यकर्मीलाई लगाउने र एक हप्ताभित्र ७० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने गरी तयारी गर्न समेत निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख भिमसिंङ टिङ्करीले १५ दिनभित्र खोप भण्डारणको तयारी पुरा हुने बताए । ‘अहिले हामीलाई माइनस २ देखि ८ डिग्रीसम्मको खोप भण्डारणका लागि कुनै समस्या छैन,’ उनले भने, ‘माइनस २० डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक पर्ने खोपको भण्डारण थोरै छ भने माइनस ७० डिग्री सेन्टिग्रेटको खोपको भण्डारण क्षमता हामीसँग छैन ।’ माइनस २ देखि ८ डिग्रीको खोप २० प्रतिशत नेपालीलाई पुग्ने विभागले जनाएको छ ।

कोभिड–१९ खोप भण्डारणका लागि गाबीले नेपालका लागि १९ वटा कोल्ड चेन सहयोग गर्दै छ । जसमा माइनस २ देखि ८ डिग्री सेन्टिग्रेटको १० वटा र माइनस २० डिग्री सेन्टिग्रेटको ९ वटा कोल्ड चेन छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ