२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १२६ सहित थप २५९ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १२६ सहित थप २५९ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा १ सय २६ जना सहित देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंं उपत्यकामा थपिएका कोरोना संक्रमित मध्ये भक्तपुुरमा ९ जना, ललितपुरमा १८ जना र काठमाडौंमा ९९ जना गरी १ सय २६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा  ५ सय १३ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ जना पुगेको छ ।

नेपालमा हाल ४ हजार ४ सय २२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमध्ये ३ हजार २ सय ४३ जना संस्थागत आइसोलेसनमा छन् भने १ हजार १ सय ७९ जना होम आइसोलेसनमा छन् ।

हाल नेपालमा १ सय ९१ जना कोरोना संक्रमितको आइसीयूमा उपचार भैरहेको छ भने ४४ जना भेन्टिलेटरमा उपचारत छन् । पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ । यो सँगै नेपालमा आजसम्म १९ लाख ८२ हजार २ सय ४६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ