२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्धारा निर्देशकहरुको जिम्मेवारी हेरफेर

स्वास्थ्य मन्त्रालयद्धारा निर्देशकहरुको जिम्मेवारी हेरफेर


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभाग र केन्द्रीय अस्पतालका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयका अनुुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. आरपी बिच्छालाई दिइएको छ ।

यसैगरी इडिसीडीका निर्देशक डा. बासुदेव पाण्डेलाई मन्त्रालयमा तानिएको छ । उनलाई आजै कुनै मन्त्रालयमा कुनै शाखाको जिम्मेवारी दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले जानकारी दिए । त्यस्तै, स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको प्रमुुखमा डा. मदन उपाध्यायलाई जिम्मेवारी तोकिएको छ । यसअघि उक्त महाशाखामा डा. रमेश खरेललाई पठाइएको थियो ।

तर, उनी त्यहाँ हाजिर नभई बिदामा बसेकाले अहिले डा. उपाध्यायलाई पठाइएको डा. गौतमले जानकारी दिए । नारायणी अस्पतालका पूर्व मेसु समेत रहेका डा. उपाध्याय यसअघि मन्त्रालयमा थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ