२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयद्वारा ९ हजार बढी कोरोना बिमा प्रमाणिकरण

मन्त्रालयद्वारा ९ हजार बढी कोरोना बिमा प्रमाणिकरण


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा प्रमाणिकरण कार्य अगाडि बढिरहेको जनाएको छ । आइतबार मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले एक सूचना जारी गर्दै ९ हजार ३ सय ९२ जनाको कोरोना बिमा प्रमाणिकरण भइसकेको जानकारी दिएका छन् ।

प्रवक्ता अधिकारीले केही कोरोना बिमितहरुको तथ्यांक अपूरो रहेको भन्दैं नाम, थर, उमेर, ठेगाना, पिसिआर नतिजा रिपोर्ट मितिजस्ता न्यूनतम विवरण अपूर्ण भएको र कतिपय विवरणहरु मन्त्रालयमा रहेका तथ्यांकसँग रुजु गर्दा नभेटिएकाले प्रमाणिकरणबारे बिमा कम्पनीबाट जानकारी लिन आग्रह गरेका छन् ।

मन्त्रालयले कोरोना बिमितहरुलाई बिमा गर्ने बेलाको विवरण बिमा दावीका क्रममा संलग्न गर्ने कागजातहरुमा राख्न पनि भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ