२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिए ५६९ नर्स (सूचीसहित)

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिए ५६९ नर्स (सूचीसहित)


काठमाडौं—बागमती प्रदेशले सुरु गर्न लागेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि ५६९ जना नर्स छानिएका छन् । सोमबार प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको अन्तिम नतिजामा ५६९ जना नर्स छानिएका हुन् ।

मन्त्रालयले प्रदेशमा सञ्चालन गर्ने ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि नर्स कार्यक्रमका लागि ८ असोजमा आवेदन माग गरेको थियो । जसमा १ हजार २ सय ७१ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्येबाट १ हजार ४५ जना लिखित परीक्षामा सहभागी भएका थिए ।

जसबाट ६०४ जना उत्तीर्ण भएका थिए । उत्तीर्णमध्येबाट अन्तर्वार्ता गर्दा ५६९ जना नर्स ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ