२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३१४ सहित थप ४८८ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३१४ सहित थप ४८८ जनामा संक्रमण पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा ३ सय १४ जना सहित देशभर ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४  सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा  ५ सय १७ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ५८ हजार ९ सय६८  जना पुगेको छ ।

हाल नेपालमा १ सय ६३ जना कोरोना संक्रमितको आइसीयूमा उपचार भैरहेको छ भने ३७  जना भेन्टिलेटरमा उपचारत छन् । पछिल्लो २४ घन्टामा ५ हजार ३ सय ९ वटा पीसीआर परीक्षण भएको छ । यो सँगै नेपालमा आजसम्म १९ लाख ८७ हजार ५ सय ५५  पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ