२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगले तोक्यो पिजीको शुल्क, कुन विषयको शुल्क कति ?

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजीको शुल्क, कुन विषयको शुल्क कति ?


काठमाडौं—चिकित्सा शिक्षा आयोगले पिजीको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलकाअनुसार आयोगले शैक्षिक सत्र २०७६/७७ का लागि अधिकतम शुल्क निर्धारण गरेको हो ।

सोमबार आयोगले सूचना समेत प्रकाशित गरेर विभिन्न विषयअनुसार शुल्क निर्धारण गरेको हो । जसमा एमडी/एमएस क्लिनिकलतर्फका विषयका लागि २२ लाख ९९ हजार शुल्क तोकिएको छ ।

यस्तै, एमडी/एमएस बेसिक साइन्स नन क्लिनिकल विषयका लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ अधिकतम शुल्क निर्धारण गरिएको छ ।

एमडीएस क्लिनिकल विषयको २२ लाख ९९ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने एमडीएस नननिक्लनिक विषयको १० लाख ४० हजार १ सय ३५ रुपैयाँ तोकिएको छ ।

एमडी आयुर्वेदका लागि ९ लाख २४ हजार ३ सय ६५ रुपैयाँ, एमएन÷एमएस्सी नर्सिङको ८ लाख ८८ हजार २ सय ५० रुपैयाँ, एमपीएचको ८ लाख ८८ हजार २ सय २५ रुपैयाँ, एमफार्माको ५ लाख १ हजार ६ सय रुपैयाँ अधिकतम शुल्क निर्धारण गरिएको छ ।

यस्तै आयोगले एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल बायोलोजी/बायो केमेष्ट्री र एमएस्सी बेसिक साइन्सको ७ लाख ३१ हजार ५ सय रुपैयाँ अधिकतम शुल्क तोकेको छ । एमफिल क्लिनिकल साइकोलोजीको शुल्क भने २ लाख ९३ हजार ६ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ