२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमद्वारा रामजी रामलाई परीक्षामा सहभागी गराउन नेशनललाई लिखित र मौखिक निर्देशन

आईओएमद्वारा रामजी रामलाई परीक्षामा सहभागी गराउन नेशनललाई लिखित र मौखिक निर्देशन


काठमाडौं—त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले एमबीबीएस चाैथाे वर्षका विद्यार्थी रामजी रामलाई परीक्षामा सहभागी गराउन नेशनल मेडिकल कलेजलाई लिखित तथा मौखिक निर्देशन दिएको छ । मंगलबार बसेको आईओएमको बैठकले अब हुने सबै परीक्षामा सहभागी गराउन निर्देशन दिएको आईओएमका सहायक डिन डा. राजेन्द्र गुरागाईले जानकारी दिए ।

‘हामीले नेशनल मेडिकल कलेजलाई परीक्षामा सहभागी गराउन लिखित निर्देशन पनि दिएका छौं,’ उनले हेल्थआवाजसँग भने, ‘मौखिक रुपमा पनि कुराकानी गरेका छौं ।’ डिन कार्यलयले परीक्षामा सहभागी नगराए थप कारवाहीको प्रक्रिया थाल्ने चेतावनी पनि नेशनललाई दिएको छ ।

यसअघि सोमबार पनि आईओएमले रामजी रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको थियो । तर, नेशनलले उक्त निर्देशनलाई अटेरी गर्दै उनलाई परीक्षा हलबाट निकालिदिएको थियो ।

एमबीबीएस चौथो वर्षका विद्यार्थी रामजी रामलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजले सबै शुल्क नतिरेको भन्दैं परीक्षा दिन नदिएको हो । यसअघि यो विषयमा चिकित्सा शिक्षा आयोगले ध्यानाकर्षण भएको जनाउँदैं उनलाई परीक्षा दिने व्यवस्था मिलाउन आईओएमलाई पत्र काटेको थियो ।

त्यसपछि आईओएमले नेशनललाई उनलाई परीक्षामा सहभागी गराउन मौखिक निर्देशन दिएको थियो । तर, नेशनलले सोमबारबाट सुरु भएको परीक्षाको पहिलो दिन उनलाई परीक्षामा सहभागी हुन दिएन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ