२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररामजी र पंकजकुमारको परीक्षा रोकेको घटनाको डा. केसीद्वारा निन्दा

रामजी र पंकजकुमारको परीक्षा रोकेको घटनाको डा. केसीद्वारा निन्दा


काठमाडौं—डा. गोविन्द केसीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालकले रामजी राम र पंकजकुमार रामको परीक्षा रोकेको घटनाको कडा निन्दा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले नेसनलका सञ्चालक बसरुद्धिन अन्सारीले अवैध रकम असुली गर्नका लागि उनीहरुको परीक्षा रोकेको भन्दै निन्दा गरेका हुन् ।

उनले परीक्षा दिन रोकेका विद्यार्थीको भोलिबाट परीक्षा सुचारु गराउन र छुटेको विषयको विशेष परीक्षाको व्यवस्था गर्न पनि माग गरेका छन् ।

डा. केसीले मेडिकल क्षेत्रलाई माफियाकरण गर्ने पात्रमध्ये एक अन्सारी प्रधानमन्त्री र नेकपा संरक्षित मेडिकल सञ्चालक भएको आरोप समेत लगाएका छन् ।

डा. केसीले विद्यार्थीको परीक्षा रोक्नेजस्तो अराजक गतिविधीप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आईओएमले देखाएको कमजोर व्यवहारप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘नियांमक निकायलाई नटेर्ने र अवैध असुली गर्ने कलेजको सम्बन्ध खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायहरुले खाली कागजी निर्णय मात्रै गर्ने र तिनलाई कार्यन्वयन गराउन नसक्ने लाजमदों अवस्था तत्काल अन्त हुनुपर्छ,’ उनले आफ्नो विज्ञप्तिमा भनेका छन् ।

यस्तै, उनले नेसनल मेडिकल कलेजलगायत अवैध रुपमा थप शुल्क असुल्ने मेडिकल कलेजको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन पनि आईओएम र आयोगको ध्यानाकर्षण गराएका छन् । असुली धन्दामा लागेका कलेजलाई फौजदारी मुद्धा चलाउन पनि केसीको माग छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ