२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २५९ सहित थप ४३० जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा २५९ सहित थप ४३० जनामा संक्रमण पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा २ सय ५९ जना सहित देशभर ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा  ३ सय ९० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ जना पुगेको छ ।

हाल नेपालमा १ सय ५७ जना कोरोना संक्रमितको आइसीयूमा उपचार भैरहेको छ भने ३५ जना भेन्टिलेटरमा उपचारत छन् ।

पछिल्लो २४ घन्टामा ५ हजार ३ सय वटा पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा आजसम्म १९ लाख ९२ हजार ८  सय ५५  पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ