२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ कोशीको निर्वाचनमा १३ पदका लागि २६ जना चिकित्सककाे उम्मेदवारी

नेपाल चिकित्सक संघ कोशीको निर्वाचनमा १३ पदका लागि २६ जना चिकित्सककाे उम्मेदवारी


विराटनगर– नेपाल चिकित्सक संघ कोशी विराटनगरको निर्वाचनमा २६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । माघ ४ र ५ गते हुने नेपाल चिकित्सक संघ कोशी विराटनगरको निर्वाचनमा १३ पदका लागि २६ जना चिकित्सकले उम्मेवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता गराएसँगै डा. कैलाश श्रेष्ठ र डा. फरवार्ड सिलवालको समूह चुनावी मैदानमा उत्रिएका छन् । नयाँ नेतृत्वको लागि श्रेष्ठ र सिलवालको समूहले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत डा. रवि वास्तकोटीले जानकारी दिए ।

श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. सन्जिव ठाकुर, उपाध्यक्षमा डा. बालकृष्ण साह, महासचिवमा डा. रबिनराज सिंह, सह–सचिबमा डा. धिरज सिंह, कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा. सरबेस कुमार झाले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, सोही समूहतर्फको सदस्यहरुमा डा. रोशन खड्का डा. पल्बी झा, डा. रेनु यादव, डा. दिपेन्द्र नौलाखाले, डा. राजेश्वर यादव र डा. निशा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठको समूहका चिकित्सकले सोमबार उम्मेदवारी दर्ता गराएका थिए भने सिलवालको समूहले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. नविन कर्ण, महासचिवमा राजेन्द्र चौधरी, उपाध्यक्षमा डा. यज्ञराज खरेल, कोषाध्यक्षमा डा. सिलवन्तसेन श्रीवास्तव, सहसचिबमा डा. सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा. जुबिन सिलवाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सदस्यहरु डा.अन्जु देव, डा.अमरकुमार यादव, डा. पार्थ गुरागाईं, डा. अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपालले उम्मेदवारी दर्ता गराएका छन् । सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्ण र महासचिबमा चौधरीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् भने अन्य पदमा मंगलबार उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत वास्तकोटीले जानकारी गराए ।

निर्वाचित पदाधिकारीहरु तीन वर्षको कार्यकाल हुनेछ । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना सदस्यहरू गरि १३ जनाको पदाधिकारीहरू हुने विधानमा उल्लेख छ । निर्वाचनमा १ हजार २ सय ८१ जना चिकित्सकले मतदान गर्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ