२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपीसीआर रिपोर्टमा एयर अरेबियाले गरेको सिन्डिकेटप्रति स्वास्थ्य मन्त्रालयको आपत्ति

पीसीआर रिपोर्टमा एयर अरेबियाले गरेको सिन्डिकेटप्रति स्वास्थ्य मन्त्रालयको आपत्ति


काठमाडौं– एयर अरेबिया एयरलाइन्सले कोभिड–१९ को पीसीआर रिपोर्टमा गरेको सिन्डिकेटप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ । २९ पुषमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) बैठकले विभिन्न कूटनीतिक नियोग, राजदुतावास तथा हवाइ उडान कम्पनीहरुले कुनै विशेष निजी प्रयोगशालाको मात्र पिसिआर रिपोर्ट मान्य हुने भन्दै सार्वजनिक गरेको सूचनप्रति मन्त्रालयले आपत्ति जनाएको हो ।

विशेष निजी प्रयोगशालाहरुको मात्र नतिजालाई मान्यता दिने नभई स्वीकृति लिएका सबै प्रयोगशालाको नतिजालाई मान्यता दिन मन्त्रालयले स्पष्ट पारेको छ ।

यस्तै, मन्त्रालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएका सरकारी तथा निजी प्रयोगशालाको नतिजालाई मान्यता दिने, यसमा दुविधा भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गर्न परराष्ट्र मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको छ ।

केहि दिन अघि एयर अरेबिया एयरलाइन्सले आफ्नो बिमानबाट यात्रा गर्नेहरु यात्रुहरुलाई सुर्या हेल्थ केयर, बिध ल्याब, ह्याम्स अस्पताल र स्टार अस्पतालमा गरिएको कोभिड–१९ को पीसीआर रिपोर्टलाई मात्र मान्यता दिने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ