२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २४६ सहित देशभर ४०३ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा २४६ सहित देशभर ४०३ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा २ सय ४६  जना सहित देशभर ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा ४ सय ५  जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ६०  हजार १ सय ७७  जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५ हजार ३२  वटा पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा आजसम्म २० लाख २ हजार ९ ४१ वटा  पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ