२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुस्वास्थ्य अस्पताल छैटौं वर्षमा प्रवेश

सुस्वास्थ्य अस्पताल छैटौं वर्षमा प्रवेश


काठमाडौं– प्राकृतिक चिकित्सा क्षेत्रमा संलग्न सुस्वास्थ्य अस्पताल छैटौं वर्षमा प्रवेश गरेको छ । २०७२ सालमा औषधिविहिन उपचारपद्धतिलाई प्रयोग गरेर बिरामीको उपचार तथा स्वास्थ्य प्रवर्धन गर्ने उद्धेश्यसहित सेवा सुरु गरेको यो अस्पताल आजबाट छैटौं वर्षमा प्रवेश गरेको हो ।

यस अस्पतालले नसा तथा हाडजोर्नीका रोगीहरुको उपचार गर्दै आएको छ । यो अवधिमा १० हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेको अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले बताए । ‘अस्पतालमा नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात, माइग्रेन, अनिद्रा, डिप्रेसन र एन्जाइटीका बिरामी उपचारका लागि आउनुहुन्छ,’ उनले भने, ‘नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त गरेको छ ।’

यस्तै, अस्पतालले विभिन्न स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ । विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बस्ने तरिका, आसन र कसरत सिकाइएको अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालले देशका विभिन्न १० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट ५ हजारभन्दा बढी सेवा लिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ