२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १७२ सहित देशभर २७० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १७२ सहित देशभर २७० जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा १ सय ७२ जना सहित देशभर २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा ३ सय ९० जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६०  हजार ५ सय ६७  जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ८४  वटा पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा आजसम्म २० लाख ५ हजार १ सय २५ वटा  पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ