२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५ जना संक्रमितको मृत्यु, ३८ जना भेन्टिलेटरमा

थप ५ जना संक्रमितको मृत्यु, ३८ जना भेन्टिलेटरमा


काठमाडौं— थप ५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोभिड़-१९ बाट ज्यान गुमाउने संख्या १ हजार ९ सय ४८  जना पुगेको छ।

यस्तै, आज मुलुकभर गरेर भेन्टिलेटरमा ३८ जना र आइसीयुमा १ सय ६५ जना संक्रमितको उपचार भैरहेको छ।  हाल  बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ७ जना, प्रदेश १ मा १ जना र  सूदुरपश्चिम प्रदेशमा १ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी, बागमती प्रदेशमा ६० जना, गण्डकी प्रदेशमा ६३ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा २ जना, सुदूरपश्चिम प्रदेशमा १ जना र  प्रदेश १ मा २ जना  संक्रमित आइसीयुमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ