२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुलपानी नगर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४०७ जना बिरामीले लिए सेवा

मुलपानी नगर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४०७ जना बिरामीले लिए सेवा


काठमाडौं– काठमाडौंस्थित मुलपानी नगर अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका र मुलपानी नगर अस्पतालको आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरबाट ४ सय ७ जना बिरामीले सेवा लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्पमणी खरालले जानकारी दिए । जसमध्ये, १ सय ६७ जना आँखा, ४८ जना छालारोग, ३५ जना हाडजोर्नी, ४५ जना स्त्री तथा प्रसूति रोग र ८ जना बालरोगका बिरामीले सेवा लिएका छन् । यस्तै, १ सय ४ जना नाक कान घाँटी, नसासम्बन्धि रोग, मानसिक रोगसम्बन्धि बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ ।

नेपाल नेत्र ज्योति संघ र कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको सह–आयोजनामा सम्पन्न भएको उक्त शिविरमा ३३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । उनीहरुको किर्तिपुर आँखा अस्पतालमा निःशुल्क अप्रेशनका लागि पहल गर्ने मेसु डा. खरालले बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा सञ्चालित यस नगर अस्पतालमा सबै प्रकारका रोगको परीक्षण गरिन्छ । यसका साथै, सामान्य अप्रेशन, प्लास्टर, आकस्मिक सेवा, भर्नाको व्यवस्था, प्याथोलोजी ल्याव (रगत, पिसाव, खकार, विर्यको जाँच), एक्स रे, अल्ट्रासाउण्ड, इसीजी, डट्स उपचार, खोप सेवा, परिवार नियोजन सेवा, गर्भवती जाँच लगायतका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ