२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सक लाइसेन्स परीक्षा ९ र १० फागुनमा

चिकित्सक लाइसेन्स परीक्षा ९ र १० फागुनमा


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता लाइसेन्स परीक्षा ९ र १० फागुनमा गर्ने भएको छ । आइतबार मेडिकल काउन्सिलले एक सूचना प्रकाशित गर्दै चिकित्सक लाइसेन्स परीक्षा ९ र १० फागुनमा गर्ने जनाएको हो ।

चिकित्सक लाइसेन्स परीक्षाका लागि ५ माघ (भोलि) देखि अनलाइन दर्ता खुलाइएको छ । काउन्सिलकाअनुसार २४ माघसम्म नियमित शुल्कमा अनलाइन आवेदन दिन सकिनेछ । यस्तै, २५ र २६ माघसम्म बिलम्ब शुल्कसहित लाइसेन्स परीक्षाका लागि आवेदन दिन सकिनेछ ।

परीक्षा केन्द्र काठमाडौं हुने लाइसेन्स परीक्षाका लागि २४ सैं घण्टा आवेदन भर्न सकिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ