२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १७७ सहित थप २६६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १७७ सहित थप २६६ जनामा कोरोना पुष्टि


काठमाडौं– देशभर थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौं उपत्यकाका १ सय ७७ जना रहेका छन् । जसमध्ये काठमाडौँमा १ सय ४५ जना, भक्तपुरमा ९ जना, र ललितपुरमा ३० जना नयाँ संक्रमित रहेका छन्। यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ सय जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ६१ हजार ४ सय ४४ जना कोरोनामुक्त भैसकेका छन् ।

आइतबार ३ हजार ५ सय ८ वटा पिसिआर परीक्षण भएको छ । यस्तै, आज भेन्टिलेटरमा ३९ जना र आइसीयुमा १ सय ५७ जना संक्रमित उपचाररत छन् ।

थप ५ जना संक्रमितको मृत्यु

मन्त्रालयको अनुसार थप ५ जना संक्रमितको मृत्यु भएको छ । थप ५ जना संक्रमित थपिएसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ