२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराधा क्यान्सर सचेतना फाउण्डेसन पत्रकारिता पुरस्कार स्थापना

राधा क्यान्सर सचेतना फाउण्डेसन पत्रकारिता पुरस्कार स्थापना


काठमाडौँ – राधा क्यान्सर सचेतना फाउण्डेसनले हरेक वर्ष स्वर्गीय राधा बस्यालको जन्मजयन्तीको अवसरमा क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने पत्रकारलाई सम्मान गर्ने भएको छ। आइतबार विज्ञप्ति जारी गर्दै फाउण्डेसनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने पत्रकारलाई सम्मान गर्ने बताएको हो।

स्वर्गीय राधाले सुरु गरेको हिंसाविरुद्धको अभियान र क्यान्सर सचेतनाको अभियानमा सो पुरस्कारले थप उपलब्धीमुलक हुने फाउन्डेसनको विश्वास छ । यसको साथै हरेक वर्ष पुरस्कार वितरण गर्ने गरी फाउन्डेसनमा परिवारको तर्फको २ लाख रकमको अक्षयकोष स्थापना गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।

अक्षयकोषको वार्षिक हुन आउने ब्याज रकमबाट हरेक वर्ष रु २० हजार रुपयाँको दिइने नगद पुरस्कार स्वर्गिय पत्रकार राधा बस्यालको जन्म जयन्तीको दिन फागुन ९ गते नवलपुरबाटै समर्पण गरिने जनाइएको छ।

राधा बस्याल पेसाले एउटा पत्रकार थिइन्। उनलाई पछि स्तन क्यान्सर भयो। एकातिर क्यान्सर रोग विरुद्धको लडाई र अर्कोतर्फ श्रीमानको यातना पनि सहँदै आएकी थिइन। विगत १० वर्षदेखि सक्रिय पत्रकारितामा रहेकी बस्याल विवाह पश्चात घरेलु हिंसाको शिकार हुनुप¥यो तर पनि निरन्तर हिंसाका विरुद्धमा र न्यायको पक्षमा लडिरहिन ।

रोग र हिंसाबाट शिकार हुँदा पनि बस्यालको पत्रकारिताको यात्रा रोकिएन । बरु त्यस कठिन घडीमा पनि महिला हिंसाविरुद्ध र स्तन क्यान्सरबारेको सचेतना जगाउँदै गाउँ-गाउँ र बस्तीहरुमा पुगिन । उनले महिलाका समस्या सुन्ने र आफ्नो अनुभव सुनाउने र महिलालाई हिंसाका विरुद्ध एक हुन र न्यायको पक्षमा आवाज उठाउन उर्जा दिने गर्थिन।

क्यान्सर लागेको जानकारी हुनासाथ चिकित्सकले मृत्युको मिति तोके पनि आत्मबल, जीवन र आफ्नो लक्ष्यप्रतिको दृढ सङ्कल्प र चिकित्सकको सफल उपचारका कारण उहाँले रोगलाई जितेर केही समय आयु लम्बाइन । यसबीच उनी आफ्नै सक्रियतामा राधा क्यान्सर सचेतना फाउन्डेसन नामक संस्था स्थापना गरी क्यान्सर सम्बन्धी चेतना जगाउन जिल्लाका विभिन्न स्थानमा पुगिन । त्यतिमात्र होइन रेडियो कार्यक्रम र पत्रिका तथा अनलाइनका माध्यमबाट हिंसाविरुद्ध र क्यान्सर रोगका बारेमा चेतना बाँड्ने काममा लागिरहिन । यहि क्रममा उनको गत कार्तिकमा मृत्यु भयो।

उनको मृत्यु भए पनि क्यान्सरबारे सचेतना र हिंसाविरुद्धको अभियान झन् सशक्त ढंगले अघि बढिरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ