२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ भेरिएन्ट पुष्टि हुने मध्ये २ जना विदेश फर्किए, १ जना होमआइसोलेसनमा

नयाँ भेरिएन्ट पुष्टि हुने मध्ये २ जना विदेश फर्किए, १ जना होमआइसोलेसनमा


काठमाडौँ –  कोभिड-१९को नयाँ प्रजातिको संक्रमण पुष्टि भएको मध्ये २ जना विदेश फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार सोमबार संक्रमण पुष्टि भएका मध्ये एक जनालाई होमआइसोलेसनमा राखिएको छ भने दुई जना संक्रमित विदेश फर्किएका छन्।

विदेश जाने दुवै संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि विदेश फर्किएका हुन्। त्यस्तै, हाल होम आइसोलेसनमा रहेका संक्रमितको श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई स्वास्थ्य मन्त्रालयको निगरानीमा राखिएको र नयाँ भेरियेन्टको जाँचको रिपोर्ट भने हाल नआइसकेको प्रवक्ता डा. गौतमले जानकारी दिए।

संक्रमण पुष्टि हुने ३ जना केहि दिन अघि बेलायतबाट फर्किएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ