२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १६३ सहित थप ३२२ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १६३ सहित थप ३२२ जनामा कोरोना पुष्टि


काठमाडौं– देशभर थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौं उपत्यकाका १ सय ६३ जना रहेका छन् । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ सय ७४ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ६१  हजार ८ सय १८ जना कोरोनामुक्त भैसकेका छन् ।

सोमबारमात्र ४ हजार ३ सय ६ वटा पिसिआर परीक्षण भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ