२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपिसिआर मेसिन खरिद गरेको ६ महिना पछि संचालनमा

पिसिआर मेसिन खरिद गरेको ६ महिना पछि संचालनमा


कैलाली – कोरोना परीक्षणका लागि खरिद गरिएको पिसिआर मेसिन ६ महिना पछि संचालनमा आएको छ । कन्चनपुरको भिमदत्त नगरपालिकाले रु ३८ लाखमा खरिद गरेको पिसिआर मेसिन र पिसिआर क्याबिनेट ६ महिनाको अवधि पछि संचालनमा  आएको हो ।

सुरुमा भीमदत्त नगरपालिकाले नै मेसिन सञ्चालनमा गर्ने तयारी बमोजिम मसिन खरिद गरिएपनि आवश्यक जनशक्ति ,पूर्वाधार लगायतको समस्याका कारण भीमदत्त नगरपालिकाले मेसिन खरिद गरेको तीन महिनापछि महाकाली उप–प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो ।

पीसिआर सञ्चालनका लागि महाकाली उप–प्रादेशिक अस्पतालले समेत मेसिन सञ्चालन गर्न नसक्ने जनाएपछि जिल्लाका नौ वटै स्थानीय तहलाई पिसिआर सञ्चालन गर्न सहयोगका लागि पहल गरिएको थियो । तर अन्य स्थानीय तहले भने मेसिन सञ्चालनका लागि सहयोग गरेका थिएनन्।

महाकालि उप–प्रादेशिक अस्पतालका सुचना अधिकार नारद भट्टका अनुसार सबै जडानको तयारी सकिएकाले कोरोना परीक्षणको लागि तयारी भएको जानकारी दिए । उनले भने, ‘मेसिन हस्तान्तरण हुने बित्तिकै संचालन गर्न सक्ने अवस्था थिएन, सबै स्रोत साधन, जनशक्तिको ब्यबस्थापन पछि संचालन गर्न सफल भयौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ