२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ फागुनबाट दोस्रो चरणको खोप सुरु हुने, २० लाख डोज खोप किन्ने प्रक्रिया अगाडि बढाइयो

४ फागुनबाट दोस्रो चरणको खोप सुरु हुने, २० लाख डोज खोप किन्ने प्रक्रिया अगाडि बढाइयो


काठमाडौं—सरकारले दोस्रो चरणको खोप अभियान आगामी ४ फागुनबाट सुरु गर्ने भएको छ । १४ फागुनबाट दोस्रो डोज पनि सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा बढी भिड हुने मालपोत, नापीलगायतका सरकारी कार्यालयमा सुरु हुने छ ।

दोस्रो चरणको खोप अभियानको मिति तय गरेपनि खोपको सुनिश्चितता भने भएको छैन । पहिलो चरणको खोप अभियानमा भारत सरकारले दिएको १० लाख डोजमा स्वास्थ्यकर्मीहरुलाई २ लाख लगाइएको छ । बचेको ३ लाख पत्रकार र कुटनीतिक नियोगका अधिकारीहरुलाई दिइदैंछ ।

दोस्रो चरणमा खोप लगाउँन सरकार कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने २२ लाख डोज खोपको भर परेको छ । तर, उक्त खोप कहिले आउने अझै टुंगो लागेको छैन । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारी एक हप्ता भित्रै आउने विश्वास व्यक्त गर्छन् ।

कोभ्याक्सले गरिब उन्मुख देशहरुलाई २० प्रतिशत नागरिकलाई पुग्ने खोप सुनिश्चित गरेको थियो । सोहीअनुसार केही दिन अगाडि कोभ्याक्सले २२ लाख डोज पहिलो चरणमा दिने भन्दै पत्र स्वास्थ्य मन्त्रालयमा पठाइसकेको छ । उसले हाल नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड खोप नै उपलब्ध गराउने भएको हो ।

त्यस्तै सरकारले पनि कोभिड खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । २० लाख डोज खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको व्यवस्थापन महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ