२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १३४ जनामा कोरोना संक्रमण पुष्टि

थप १३४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ३४ जनामा  कोरोना  संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४९  पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६८ हजार ५ सय ४९ जनाले कोरोना जितेका छन् ।

नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७  पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ