विराटनगर—मोरङको रंगेली जिल्ला अस्पताललाई ५० शैय्याको अस्पतालको रूपमा स्तरोन्नती गरिने भएको छ । प्रदेश १ सरकारले जिल्ला अस्पताल रंगेलीलाई ५० शैय्याको बनाउने निर्णय गरेको हो ।
स्थानीय सरकार मातहत रहेको जिल्ला अस्पताल रंगेली १५ शैय्याको मात्रै छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले जिल्ला अस्पताललाई स्तरोन्नती गरी प्रदेश मातहतमा रहेन प्रदेश १ सरकारका प्रवक्ता सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए । उनले जिल्लास्तरको अस्पताललाई स्तरोन्नती गरी प्रदेश मातहत ल्याउने निर्णय भएको बताए ।
स्थानीय तह मातहत रहेको अस्पताललाई प्रदेश मातहत ल्याउन संघीय सरकारको अनुमति आवश्यक पर्छ । अनुमतिका लागि संघीय सरकारलाई प्रदेश र स्थानीय तहले पत्र पठाउने उनले बताए । संघीय सरकारले अनुमति दिएपछि प्रदेश सरकारले स्तरोन्नतीको प्रक्रिया सुरु गर्नेछ ।
रंगेली जिल्ला अस्पतालम मोरङको उत्तरी क्षेत्र कानेपोखरी गाउँपालिका, पूर्व पश्चिम रतुवामाई, सुनवर्षी नगरपालिका र स्थानीय रंगेली नगरपालिका बिरामीले दैनिक ३ सय बिरामीले ओपीडिमा सेवा लिने गरेका अस्पतालले जनाएको छ ।