२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब पिसिआर परीक्षणको मूल्य एक हजार मात्र

अब पिसिआर परीक्षणको मूल्य एक हजार मात्र


काठमाडौं – सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्कको समायोजन गरेको छ । अब सरकारी प्रयोगशालाहरुमा कोभिड परीक्षणको शुल्क समायोजन गरी रु एक हजार निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

कोभिड-१९को रोकथाम तथा नियन्त्रणको सम्बन्धमा बिहिबार बसेको आइसीएसको बैठकले निर्णय गरेको हो।

यसअघि कोरोना परीक्षणको शुल्क २ हजार लिने गरिएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ