२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने

१२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने


काठमाडौँ – डा. गोविन्द केसीले २० औं पटक अनसन बस्ने निर्णय गरेका छन्। उनले बिहिबार प्रेस विज्ञप्ति जारी गरी ३ बुँदे माग अघि सार्दै फागुन १२ गतेबाट माग पूरा नभएमा अनसन बस्ने जनाएका हुन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षालाई गैरनाफामुलक बनाउनुपर्ने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रावृति कार्वान्यनलगायतका चिकिस्ता शिक्षा ऐनका प्रावधान कार्यावन्यन गर्न माग गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् , ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं । हाम्रा माग पूरा नभएमा फागुन १२ गते देखि सत्याग्रह सुरु गर्नेछौँ। ’

चिकिस्ता शिक्षा सुधारसँगै उनले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरियोस् र अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भन्ने मागहरु समेत राखेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ