२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमधुमेहका विषयमा जान्नैपर्ने कुराः डा. अंशुमाली जोशी

मधुमेहका विषयमा जान्नैपर्ने कुराः डा. अंशुमाली जोशी


मधुमेह भएकामध्ये ५० प्रतिशतलाई मात्रै लक्षण देखिन सक्छ । अन्य ५० प्रतिशतमा रोगको कुनै लक्षण नदेखिन सक्छ । जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । लक्षण नदेखिँदा मधुमेहले खतरा निम्त्याउँछ । रगत जाँच गरेपछि मात्रै मधुमेह छ/छैन थाहा हुन्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने हुन्छ । चिकित्कसकले लक्षणका आधारमा नभएर ल्याब रिपोर्टका आधारमा रोग छ/छैन बुझ्न सक्छन् ।

देखिने लक्षण 

मुख सुक्खा हुने ।
पिसाब लागिरहने ।
धेरै भोक लाग्ने ।
तौल घट्ने ।
घाउ हत्तपत्त निको नहुने ।
हातगोडा झमझमाउने, निदाउने या गल्ने ।

जान्नैपर्ने कुरा

मधुमेह लाग्नै नदिन सकिन्छ ।
लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।
नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नु पर्दैन ।
वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।
लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।
मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।

खान नहुने
बढी गुलिया खानेकुरा ।
धेरै नुनिला खानेकुरा ।
मोटोपना बढाउने खानेकुरा ।
बढी चिल्लो पदार्थ भएका खाना ।
केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।

खान हुने
हरियो सलाद, काँक्रो, गोलभेँडा ।
भिजाएका गेडागुडी ।
नतारेका हरिया सागसब्जी ।
मुला, गाजर ।

मधुमेह नियन्त्रणमा नराखे…
मधुमेह वेलैमा नियन्त्रण नगरे अन्धोपना गराउन सक्छ ।
मिर्गाैलालाई काम गर्न नसक्ने बनाउँछ ।
हृदयरोगको जोखिम उच्च बनाइदिन्छ ।
शरीरका विभिन्न अंगको प्यारालाइसिस गराउन सक्छ ।
पैतालामा संक्रमण हुन सक्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ