२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ५७ जनामा कोरोना पुष्टि

देशभर थप ५७ जनामा कोरोना पुष्टि


काठमाडौं– नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३१ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १ सय ३३ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट २ हजार ५४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुन्य छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ