२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १०४ जनामा संक्रमण पुष्टि

थप १०४ जनामा संक्रमण पुष्टि


काठमाडौं – थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप  १ सय ४  जना संक्रमित थपिएका हुन् ।

यस्तै, आइतबार काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमित थपिएका छन् ।  यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८  पुगेको छ ।

यस्तै, बिहिबार १ सय ३१ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।

आज ३ हजार ५ सय १ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा मृत्युको केस छैन।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ