२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६१ जना कोरोना संक्रमित आईसीयुमा, १५ जना भेन्टिलेटरमा

६१ जना कोरोना संक्रमित आईसीयुमा, १५ जना भेन्टिलेटरमा


काठमाडौं—नेपालमा ६१ जना कोरोना संक्रमित आईसीयुमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विभिन्न अस्पतालहरुमा ६१ जना कोरोना संक्रमित आईसीयुमा उपचाररत छन् ।

जसमा बागमती प्रदेशमा सबैभन्दा बढी ३५ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, बागमतीमा ४ जना, लुम्बिनीमा २०  जना र गण्डकीमा २ जना कोरोना संक्रमित आईसीयुमा छन् ।

यस्तै, १५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ ।

मन्त्रालयकाअनुसार हाल ८ सय ९१ जना कोरोना संक्रमितहरु विभिन्न संस्थागत आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ